राप्रपा नेपाल पनि संविधान निर्माण पंक्रियाबाट बाहिरियो

भदौ  २३ काठमाडौं – राप्रपा नेपाल पनि संविधान निर्माण प्रक्रियामा सहभागि नहुने भएको छ । विहान बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिमा अधिकांश नेता संविधान निर्माणको प्रक्रियाबाट बाहिरिनुपर्ने पक्षमा उभिएपछि प्रक्रियाबाट बाहिरिने निर्णय भएको हो । संविधान जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाबेला असन्तुष्ट दलहरुले संविधान सभा छाड्ने क्रम बढेको छ ।

यसअघि हिजो मात्रै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संविधान निर्माण प्रक्रियाबाट अलग भएको थियो । अहिलेसम्म उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम, महन्त ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, महेन्द्र राय यादव नेतृत्वको तमसपा, शरदसिंह भण्डारी नेतृत्वको रामसपा संविधान सभाबाट बाहिरिएका छन् । यस्तै थरुहट तराई पार्टी, फोरम गणतान्त्रिक, नेपाल सदभावना पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि संविधानसभामा जारी संविधान निर्माण प्रक्रियाबाट अलग भैसकेका छन् ।