न्यूनतम भाडादर १२ रुपैयाँ कायम

भदौ २३, काठमाडौँ – पेट्रोलियम पदार्थको भाउ घटेका आधारमा सार्वजनिक सवारीसाधनमा भाडा समायोजन गरिने भएको छ । नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको भाउ घटाउँदा पनि सार्वजनिक सवारीसाधनको भाडा घटेको थिएन । निगमले पुनः भाउ घटाएपछि भदौ २१ गते विभागमा नेपाल यातायात व्यवसायी महासङ्घ, उपभोक्तावादी सङ्घ संस्थाका बीचमा छलफल भएको छ, छलफलमा २.२२ प्रतिशत भाडा घटाउने सहमतिको अन्तिम चरणमा पुगेको जनाइएको छ , व्यवसायीले न्यूनतम रु १२ भाडा घटाउने सम्बन्धमा आज थप छलफल गर्ने प्रस्ताव गरेकाले बैठकबाट निर्णय गरिनेछ ।

यसअघि सरकारले पुस र माघ महिनामा दुईपटक भाडा घटाई पाँच किमिममा न्यूनतम भाडा रु १३ कायम गरे पनि अझै लागू भएको छैन । व्यवसायीसँग न्यूनतम रु १२ भाडा कायम गर्न सोमबार प्रस्ताव गरिएकामा बुधबारसम्मको समय माग गरेपछि आज पुनः बैठक बस्न लागेको हो ।