कैलालीको बौनियामो आकेशे र भुई घैटो फोर प्रतियोगिता सम्पन्न

लक्ष्मीप्रसाद जैशी/राजेन्द्र  रावल

भदौं २०, कैलाली  – कैलालीको दोदोधरा ७ सडकपुर बौनियामा विहान देखी सुरु भएको आकेशे र भुई घैटो फोर प्रतियोगिता केही बेर अगाडी सम्पन्न भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा बौनिया बजार व्यवस्थापन समिति, दोदोधरा गाविस स्तरीय युवा सञ्जाल र सडकपुर बौनिया युवा क्लबको संयुक्त आोजनामा सो  प्रतिस्प्रधा भएको हो ।
आज भएको पहिलो भुई घैटो फोर प्रतियोगिताको सडकपुर बौनियाका युवा हेम बम विजेता बनेका छन । उनले २ हजार ५ सय पुस्कार समेत प्राप्त गरेका छन । उक्त प्रतियोगितामा जम्मा ४८ जनाले भाग लिएका थिए ।
त्यस्तै आजको अन्तीम दोश्रो आकेश घैटो फोर प्रतियोगिता मुडा गाउको समुह विजेता भएको छ । तिन समुहमा भएको प्रतिस्प्रधामा  पशुपति युवा क्लब दोदोधरा १ र सडकपुर बौनियाको समुहले ठुलो मेहनता गर्दा पनि हार व्यर्होनु परेको हो । उक्त विजय हुने समुहलाई १० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा विजय हुनेलाई एक औपचारीक कार्यक्रमका विच दोदोधरा गाविस स्तरीय युवा सञ्जालका अध्यक्ष टेकराज जोशी र सडकपुर बौनिया युवा क्लबका अध्यक्ष तपेन्द्र खड्काले नगद पुरस्कार प्रदान गर्नु भएको थियो