अरुलाई खुसी पर्नु नै सफलता हो : विकासानन्द

काठमाडौँ – मनोक्रान्तिका अभियान्ता डा. योगी विकासानन्द उत्प्रेरक वत्ता पनि हुन । हजारौँको जीवन परिवर्तन गराएर सत्मार्गको बाटोमा हिडाउन सफल डा. योगी अद्भुत क्षमताका कारण चर्चामा छन् । नेपालमा मात्र होइन विश्व भरनै मनोक्रान्तिलाई फैलाउने अभियानमा छन उनि ।दर्जनौलाई अदभुत काम गर्न लगाएर विश्वमा नै तहल्का मच्चाउन र गरेपछि हरेक कुरा सम्भव छ भनेर सन्देश दिन सफल भएका उनै विकासानन्द कसैलाई आगोको मुस्लोमा हिड्न लगाएर त कसैलाई महिनौँ जमिन मुनी विना आहारा तपस्या गराएर होस अथवा विश्व साइकल यात्रा गराएरै भएपनि आफ्ना चेलाहरूलाई सफल बनाएरै छाड्छन । दर्जनौ कितावका लेखक योगीे पछिल्लो समयसमाज सेवामा पनि देखिन थालेका छन् । उनले पुरानै नारा ‘संसार बदल्नुछ, सुरु आफैँबाट गर्नुछ’लाई सार्थकता दिन मोनोक्रान्ति ट्रस्टको स्थापना गरेका छन् । तिनै अदभुत क्षमताका धनी, हजारौँका भगवान डा. योगी विकासानन्दसँग हामीले अनौपचारिक कुराकानी गरेका छौँ । धेरैलाई सफलता दिलाउन सफल योगीका सफलता सम्बन्धी धेरै किताव पनिछन् । डा.योगी विकासानन्दसँग हामीले सफलता सम्बन्धी गरिएको कुराकानीको सम्पादित अंशः–

सफलतालाई कसरी परिभाषित गर्नुहुन्छ ?

अरुलाई खुसी पार्नु नै सफलता हो । जस्तै श्रीमतीलाई सुशी पार्नसकेश्रीमान सफल, छोरा, छोरीलाई खुशी पार्नसके बाबु सफल, ग्राहकलाई खुसी पार्नसके व्यापारी सफल, सेवाग्राहीलाई खुशी पार्न सके कर्मचारी सफल । अरुलाई खुशी पार्न नसके माया पाईदैन कसरी सफल भन्नु, अरुलाई खुसी पार्न नसके अर्काको गोजीको पैसा आफ्नो गोजीमा सर्दैन, लामो हासो ………त्यसैले जो अरुलाई खुसी बनाउछ त्यो नै सफल हो ।

त्यसो भए अरुलाई कसरी खुशी पार्ने ?

पहिलो कुरात अरुलाई खुशी पार्नुनै सफलता हो । अरुलाई खशी पार्न आफूखुशी हुनुप¥यो । किन कि आफू दुःखी भएर अरुलाई खुशी पार्न सकिदैन् ।

आफू खुशी हुने कुनै उपाय छ ?

छ, आफूखुशी हुन आफैमा डुब्ने । जस्तै तपाई जुन सुकै पेशामा हुनुहोस, चाहे तपाई नृत्यमा किन नहोस, तपाईले त्यहाँ आफू बाहेक अरु कसैलाई नदेख्नुहोस आफू नृत्यमा केन्द्रीत हुनुहोस । त्यसपछि तपाई आफैमा डुब्नुहुन्छ अनि तपाईको नृत्य राम्रो हुन्छ । सबैको ताली पाउनुहुन्छ । त्यस्तै तपाई चित्रकार हुनुहुन्छ, लेखक हुनुहुन्छ, पत्रकार हुनुहुन्छ, व्यापारी हुनुहुन्छ जुन सुकै पेशामा भएपनि तपाई आफैँमा डुब्नुहोस अनि तपाईको काम सफल हुन्छ अनि तपाई खुशी हुनुहुन्छ ।

डुब्नु भन्नाले ध्यान गर्नु भन्नु भाको ?

आध्यात्मिक मान्छेले ध्यान पनि गनुपर्ला तर कुरो त्यसो होइन । डुब्नुभनेको आफू आफ्नो काममा डुब्नुहो । एक जना वैज्ञानिक आफ्नो खोजमा यति व्यस्त हुन्छ कि उसलाई आफ्नो वरिपरिको केही कुरा थाहा हुँदैन, ऊ आफैमा डुब्छ । चाहे ध्यान गरेर डुब्नुहोस वा काम गरेर डुब्नुहोस । आफैमा चुर्लुम्म डुब्नुहोस । आफैमा डुबिसकेपछि हाम्रो क्यामेस्ट्री परिवर्तन हुन्छ; आफू खुशी बनाउने क्यामिकलहरू जस्तैः सेरोटोमीले मानिसलाई रिल्याक्स बनाउँछ ।

आफैमा कसरी डुब्ने ?

आफूमा डुब्न अभ्यास र अनुशासन चाहिन्छ । कुनै पनि विषयमा लामो समयसम्म अभ्यास गरियो भने डुब्न सकिन्छ । सुरु सुरुमा डुब्न सकिन्न, गाह्रोे हुन्छ । शुरुमा हामीलाई साइकल चलाउन सजिलो भाथेन, सहज भाथेन, सुख भाथेन । एउटा गाह्रोको फेज हुन्छ, विस्तारै त्यो फेज पार भएपछि सहजता आउँछ । सहज भैसके पछि आनन्द आउँछ । आनन्द आईसके पछि दिमागमा न्यूरनको एउटा नयाँ नेटवर्क बन्छ । नेटवर्क बनिसके पछि भोलीपल्ट पनि त्यस्तै गरौँ गरौ जस्तो लाग्छ किनकी त्यो नेटवर्कले तान्छ ।

अर्को दिन पनि गरौ गरौँ लाग्छ । त्यसैले कुनै पनि कुराको रस ननिस्किदासम्म त्यो कुरा गरिरहनु पर्छ । शुरुका दिनमा रमाइलो हुदैन, सजिलो हुदैन । धेरै गाह्रो हुन्छ । धेरै संघर्ष गर्नुपर्छ, जब एक क्लिक लाग्छ अनि मात्र सहज हुन्छ र आनन्द आउन थाल्छ ।

कति समय लाग्छ, अथवा यति समयसम्म संघर्ष गनुपर्छ भन्ने त्यस्तो कुनै छ ?

त्यो त कस्तो काम हो त्यसमा भर पर्छ, किनकी तपाई तीन महिने कम्प्यूटर सिक्नुहुन्छ छोटो समयमा सिकिहाल्नुहुन्छ तर पेन्टिङ सिक्नुभयो भने २० देखि २५ बर्षसम्म लाग्न सक्छ । त्यसैले समय यति या उति भनेर हुदैन आनन्द नआए सम्म संघर्ष गरिरहनुपर्छ । कहाँ सम्म पुग्ने भन्ने हुन्छ । जस्तै तोरीको बिऊ रोप्नुहोस र पिपलको बिउ रोप्नुहोस, तोरी सात आठ दिनमै उम्रिन्छ तर पिपल बर्षौ आउँदैन् । तोरी छ महिना पनि टिक्दैन तर पिपल कयौँ वर्ष टिक्छ । त्यसैले ढिलो आउने कुराहरू लामो समय टिक्छ ।

सफल हुन भाग्यको महत्व कति हुन्छ ?

भाग्यको रोल जहाँपनि हुन्छ । किनकी मान्छे जन्मिदै बाआमाबाट केही न केही लिएर आएको हुन्छ । नेपालमा जन्मने केहीबच्चाहरू गरिवपरिवारमा जन्मिदा गरिव तर विनोद चौधरीको घरमा जन्मिदा च्याँ गर्नै वित्तिकै अरबपति हुन्छ । यो भनेको भाग्य हो । भाग्य जन्मजात लिएर आएको हुन्छ ।

मिहेनत गर्दा पनि भाग्यको साथ चाहिन्छ भन्छन नि ?

त्यही त भाग्यको कुरा गर्दा अमेरिकाका मोटिभेटर एन्टीनो रविनको नाम अगाडि आउँछ । अमेरीकामा गल्ली गल्लीमा हजारौ मोटिभेटर छन । उनि एसएलसी पास मात्र हुन । तर पिएचडी गरेका जायर जस्ता व्यक्तिव्यलाई कता कता पछाडी पारेका छन । एन्टीनो रविनको मिहिनेतमा भाग्य जोडिएको छ ।

सफलताको लागि सपनाको कतिको महत्व हुन्छ ?

सपना भनेको इडीकेटर हो । सपना बदल्नु छ भने लाईफ लाई बदल्नु पर्छ । होइनभने सपना राम्रो छैन भने जिन्दगी लाई दुर्घटना बनाउँछ । यदि आफ्नो जिन्दगीलाई सफल बनाउनु छ भने राम्रो सपना लेख्नु पर्यो । त्यो सपनालाई विहान बेलुका हेर्नुपर्यो । किन भने यदि सपना बनायो त्यो सपनालाई पच्छ्याइएन भने त्यस्तो खालको सपनाको काम छैन। सपना एउटा छ, काम गर्न अल्छीलाग्यो, बाटोमा राम्री युवती देख्यो त्योसँग लभ गर्दै गयो भने सपना पुरा हुदैन । सपना पुरा गर्न अनुशासन चाहिन्छ ।

अन्त्यमा

अन्त्यमा सफलता सम्बन्धी एउटा सुत्र छ । सबैभन्दा पहिला अनुशासन चाहिन्छ । अनुशासन भयो भने आफ्नो सपनालाई बिर्सिदैन, आफ्नो सपनालाई निरन्तरता दिईन्छ । अनशासन भयो भने कामलाई निरन्तरता दिईन्छ ।त्यसपछि आफैभित्र डुब्नुपर्यो । यता उता के भैरहेको छ हैन, म के गरिरहेको छु भनेर आफ्नो काममा निरन्तरता दिँदै आफैभित्र चुर्लुम्म डुब्नु पर्यो ।

आफैँभित्र डुब्नुभयो भने तपाईको काम सफल हुन्छ र तपाई खुसी हुनुहुन्छ । अब तपाई अरुलाई खुसी पार्नुहोस । अरुलाई खुशी पार्नुनै सफलता हो । साभार – motivatenews.com