ग्लोबल पाठशालाले गर्यो समाजसेवाका लागि नाटक प्रदर्शन

भक्तपुर  – गठ्ठाघर र कौशलटारको मुटुमा रहेको ग्लोबल पाठशालाका विद्यार्थीहरुले समाजसेवाका लागि नाटक प्रदर्शन गरेका छन । शनिबार मण्डला थिएटरमा समाजसेवाका लागि नाटक भन्ने नारा सहित आयोजित नाटक प्रदर्शन २०७२ मा कक्षा एक देखि आठ सम्मका विद्यार्थीहरुले तीन वटा नाटक मञ्चन गरे ।   natak

प्राज्ञ कृष्ण शाह क्षेत्रीको विशेष आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले स्नो ह्वाईट , परीक्षाको भूत र सिन्ड्रेला मञ्चन गरेका थिए । तिनवटै नाटकको निर्देशन रङगमञ्चकर्मी बुद्धि तामाङले गरेका थिए । प्राज्ञ कृष्ण शाह यात्रीले आफैले लेखेको नाटकमा विद्यार्थीहरुले गरेको अभिनय हेर्न पाउँदा निकै खुसी ब्यक्त गरे । दर्शकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विभिन्न गीत संगीत पनि प्रस्तुत गरिएका थिए ।  natak 01
विद्यार्थीहरुको चौतर्फी बिकासका लागि विद्यालयले तर्जुमा गरेको बार्षिक कार्यक्रम अन्तगत मञ्चनीय विधा नाटक प्रदर्शन गरिएको विद्यालयका संयोजक हरीश डिसीले जानकारी दिए । विद्यालयकै नियमीत कार्यक्रम अन्तर्गत नै नाटक मञ्चन गरिएको भएपनि विद्यार्थीहरुमा सानैदेखि सेवाभाव जागृत गर्न र समूहमा मिलेर काम गर्ने बानिको बिकास गर्न तथा विद्यार्थीहरुको रुची अनुसार उनीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराउन यसले निकै टेवा पुर्याएको विद्यालयकी प्रधानाध्यापक दिला शाक्यले जानकारी दिइन । साथै उनले नाटक मञ्चनबाट संकलित रकम समाजसेवाका लागि खर्च गरिने बताइन ।