भाईरल ज्वरोको अछाममा प्रकोप

राजेन्द्र रावल

१७ भदौ, अछाम – अछामको मंगलसेन नगरपालिका वडानम्वर १ कुन्तिवण्डालीमा एक हप्ता देखी भाईरल ज्वरोको समस्या देखिएको छ । गाँउका प्राय सबै ज्वरोले विरामी परेको स्वास्थ्यचौकी कुन्तिवण्डालीका जनस्वास्थ्य निरिक्षक रामलोचन मण्डलले बताउनुभयो ।

एक हप्ता यता देखिएको भाईरल फिवर र श्वासप्रश्वास सम्बन्धि समस्या लिएर स्वास्थ्यचौकीमा दैनिक २० देखी ३० जना विरामी आउने गरेको उहाँको भनाई रहेको छ ।

यो समस्यालाई चाडै हल गर्न स्वास्थ्यचौकी कुन्तिवण्डाली लागि परेको समेत जनस्वास्थ्य निरिक्षक रामलोचन मण्डलले वताय ।  यसको जानकारि जील्ला स्वास्थय कार्यलय लाई अछाम लाई समेत गराई सकेको मण्डलले वताए  ।