सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व आजदेखि विधिवत् रुपमा सुरु

राजेन्द्र रावल

भदौ १७,कैलाली – सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व बिहिवार आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन आज घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका छन् । आजका दिन महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ’बिरुडा’ भन्ने गरिन्छ ।

महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरि विवाहित महिलाहरुले दुबधागो चढाउने गर्छन । एता कैलालीका विभीन्न ठाउहरुमा भने गौराको चहलपहल सामान्य रहेको छ । विगत लामो समय देखि वन्लको मार खेप्दै आईरहेका कैलालीका स्थानिय वासिन्दाहरु भने रमाईलो गर्ने मनसायमा देखिदैनन् । हामिसंग कुरा गर्दै कैलालीको वयारि विकास मल्ल ले चाड पर्व मुखैमा आईसक्दा समेत साविकका वर्ष जस्तो नभयकाले यस पालिका कुनै पनि चाड पर्वहरु कैलालीमा साविकका वर्ष जस्तो रमाईलो नहुने आकलन गरे ।