चिकित्सकको आन्दोलनले उपचार प्रभावित

भदौ १६ , काठमाडौ – चिकित्सकहरुको आन्दोलनका कारण स्वास्थ्य सस्था ठप्प भएको छन् । उपचार प्रभावित हुँदा बिरामीलाई समस्या परेको छ । डा गोविन्द केसी गुणस्तरीय चिकित्सा शिक्षा आमजनताको पहुँचमा हुनुपर्ने माग गर्दै आमरण अनसनमा बस्नु भएपति त्यसकै समर्थनमा अरु चिकित्सक पनि आन्दोलनमा छन् ।

आज आमरण अनसनको १०औं दिन पुगेको छ । डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । आज माग पुरा गराउन माग गर्दै काठमाण्डुको माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकाल्दैछन् । सरकारले आन्दोलन फिर्ता लिन आग्रह गरेको छ तर केसीले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ । सरकारले केही माग पुरा गर्न सकिने र केही नसकिने बताएको छ ।