संसदको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

भदौ १७ , काठमाडौ – व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा विभिन्न विधेयकहरुमाथि छलफल हुनेछ । यसअघि छलफलका क्रममा रहेको भूकम्प सम्बन्धि विधेयकमा छलफल हुनेछ ।

भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धि विधेयकमा संसदमा पेश भइसकेको छ । त्यस्तै भूमि सुधार सम्बन्धि विधेयक र कही नेपाल ऐन संसोधन र केही नेपाल ऐन खारेज सम्बन्धि विधेयकका विषयमा पनि आज छलफल हुने संसद सचिवालयले जनाएको छ । संसद बैठकमा बोल्न दिइने समयमा  सभासदहरुले अरु विष्यमा पनि बुरा राख्नुहुनेछ ।