मधेसी दलहरु वार्ता गर्न तयार, यसअघिका सहमति कार्यान्वयन सर्त

भदौ १६ , काठमाडौ – मधेसी दलका नेताहरुले सरकारले वातावरण बनाए वार्ताका लागि तयार रहेको बताएका छन् । उनीहरुले आजै पनि वार्ता हुने बताएका छन् । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वार्ताका लागि आफुहरु तयार रहेको बताउनुभयो ।

राजधानीमा वार्ता गर्न नआएको तर सरकारले वातावरण बनाए आजै पनि वार्ता हुन सक्ने बताउनुभयो । सीआईएनसँगको कुराकानीमा अध्यक्ष यादवले यसअघि मधेस आन्दोलनका क्रममा भएका सहमति पुरा गर्ने प्रक्रिया सुरु गरे वार्तामा बस्ने बताउनुभयो । पछिल्लो समय मधेस आन्दोलनबारे देखा परेका केही राजनीतिक र कूटनीतिक चासोबारे छलफल गर्न गर्न काठमाडौं आएको उहाँले बताउनुभयो । आजै पार्टीको धारणा सार्वजनिक गरेर जिल्ला फर्किने यादवले जानकारी दिनुभयो ।  मधेसी मोर्चामा आवद्ध दलका नेताहरुले गरेको आन्दोलनका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ ।