नेपालले आज मलेसियाको सामना गर्ने

भदौ १४,काठमाडौँ – एसीसी अण्डर–१९ प्रिमियर लिग क्रिकेटमा नेपालले आज आयोजक मलेसियाको सामना गर्दै छ । नेपाल आज जीत हाँसिल गर्ने तयारीका साथ मैदानमा उत्रिदैछ । प्रतियोगिताको पहिलो खेलमा युएईबिरुद्ध फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा भने अफगानिस्तानसँग १० विकेटको लज्जास्पद पराजय व्यहोरेको थियो ।