बन्दले पश्चिमका चार अञ्चल तथा तथा पूर्वको जनजिवन प्रभावित

भदौ १४,काठमाडौँ – प्रदेश सिमाङकानका बिषयमा असन्तुष्टी जनाउँदै आएको संयुक्त मगर सङ्ग र नेपाल मगर संघले आव्हान गरेको बन्दले चार अञ्चलको जनजिबन कष्टकर भएको छ । लुम्बीनी, राप्ती ,गण्डकी र धौलागीरी अञ्चलमा बिहानै देखि बन्दको प्रभाब परेको संचारकर्मी गोविन्द अधिकारीले जानकारी दिए ।

प्रस्ताबित संघिय प्रदेशमा मगरात नै टुङगाईएको बिरोधमा बन्दको आहाब्वान गरीएको हो । बन्दका कारण सबारी साधन चल्न सकेका छैनन भने शैक्षिक संस्था,बजार,पसलहरु समेत बन्द रहेका छन् ।

यस्तै अरुण पुर्बका नौ जिल्ला लाई लिम्बुबान प्रदेश घोषणाको माग गर्देै संघिय लिम्बुबान पार्टीले आज पनि सो क्षेत्रमा बन्द आहाब्वान गरेको छ । बन्दका कारण बिहानै देखि छोटो तथा लामो दुरीका सबारी साधन चल्न सकेका छैनन् । बिभिन्न ठाउँहरुमा बन्द कर्ताहरुको बाक्लो उपस्थिती समेत रहेको छ ।