नेपाल र भारत बिचको मैत्रीपूर्ण फुटबल आज

भदौ १४,काठमाडौँ – नेपालको राष्ट्रिय फुटबल टोलीले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । काठमाडौंमा गत शनिवार सम्पन्न साफ अण्डर नाईन्टीन च्याम्पियनसिप फुटबलमा नेपाली युवा टोलीले उपाधि जितेसँगै सिनियर टोली केही उत्साहित र केही दबाबमा छ ।

अण्डर नाईन्टिन च्याम्पियनसिपको फाईनलमा भारतलाई पेनाल्टी शुट आउटमा हराउँदै नेपाल विजयी भएको थियो । भारतको पुनेमा आज हुने सिनियर टोलीको भिडन्तमा पनि नेपाल विजयी हुने लक्ष्यमा साथ मैदानमा उत्रिदैछ । नेपाली टोलीका नयाँ प्रशिक्षक बेल्जियन नागरिक प्याट्रिक असेम्सका लागि पनि आजको खेल दक्षिण एशियाली फुटबलमा पहिलो अनुभव हुनेछ ।