उखु बारीमा बेवारिसे शव फेला

भदौ १४,सर्लाही – सर्लाहीको मूर्तिया ४ मा रहेको झोलुंगे पुल नजिकै उखु बारीमा बेवारिसे शव फेला परेको छ । प्रहरीका अनुसार परिचय नखुलेको अन्दाजी ३५ वर्षका पहाडी मुलको जस्तो देखिने पुरुषको शव फेला परेको हो । गहु गोरो, ५ फिट तीन इन्च उचाइ, निलो जिन्स पाइन्ट लगाएका पुरुषको टाउको किराले खाएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय मूर्तियाले जनाएको छ ।

गएसाँझ उखु बारी भित्र नचिनेका मानिसहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना स्थलबाट मुचुल्का शंकलन गरि शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा मलंगवा पठाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको मूर्तियाका प्रहरी नायब निरीक्षक जीतेन्द्र चौधरीले जानकारी दिनुभयो ।