सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

भदौ १३, काठमाण्डौ — सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । साँझ सात बजेर ३ मिनेट भुकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का महशुस भएलगत्तै काठमाडौँ उपत्यका लगायतका शहरुमा खैलबैला नै मच्चिएको छ । जसका कारण काठमाडौँ लगायतका शहरका मानिसहरु आत्तिदै घरबाट बाहिर निस्किएका छन् ।

यसअघि आज विहान ३ बजेर ९ मिनेटमा पनि धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसअघि बिहिबार गोर्खा केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो भने त्यसअघि बुधबार ४.२ रेक्टर स्केलको पराकम्प सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएको गएको थियो । केन्द्रका अनुसार वैशाख १२ गतेगोरखाा भुकम्पपछि ४ रेक्टर स्केल माथिका ३ सय ८७ पटक पराकम्पन गैसकेको छ ।