असुरक्षित भएको भन्दै स्थानीय द्धारा ए.पि.एफको थाइ बेस क्याम्प माग

लक्ष्मीप्रसाद जैशी

भदौ १३, बौनिया, कैलाली — असुरक्षित भएको भन्दै कैलालीको दोदोधरा गाविसमा शसस्त्रप्रहरीबल को थाइ बेस क्याम्प माग गर्नका लागी पहल समिति गठन भएको छ । आईतबार कैलाली उद्योग वाणीज्य संघका निवर्तमान अध्यक्ष कर्ण कुवर को अध्यक्षतामा बसेको सर्बदलिय भेलाले नेकपा एमाले दोदोधरा गाउ कमिटी अध्यक्ष जयरुप खतिवडा को संयोजकत्वमा ९ सदस्यीय पहल समिती गठन गरेको हो । जसको सदस्यमा कैलाली उद्योगवाणीज्यसंघका निवर्तमान अध्यक्ष कर्ण कुवर , नेपाली काग्रेसका दलबिर साउद , एकीकृत नेकपामा ओवादीका गणेशमान गिरी, राप्र पा नेपालका एकेन्द्र मल्ल , मजदुर किसान पार्टी का सुर्य बहादुर शाहि , राष्टिय जनमोर्चाका रुपा आलेमगर , लीलाराज खत्री , वृजेश रावल, खेम राज भट्ट, लगाएतका रहेका छन ।

गठीत टोलीले क्याम्पको लागी डेलीकेशन लगाएतका पहल गर्ने र २०२८ सालमा स्थापना भएको प्रहरीचौकी लाई स्थरउन्नतीको लागी सरोकारवाला संग पहल कदमी गर्ने कैलाली उद्योगा वाणिज्य संघका निर्वतमान अध्यक्ष कर्ण कुवरले बताए । उनले भने प्रहरी चौकी स्थापना भएको ४ दशक पुग्दा पनी स्थरउन्नती नभए पछि पहल समिति गठन गरीएको हो । कोटातुल्सीपुर, दोादेधरामा दुईटा कैलाली जिल्लाकै केन्द्र विन्दु रहेका बजार र बढ्दो जनघनत्व लाई मध्यनजर गरी सरकारले प्रहरी चौकी स्थर उन्नती गरी थाई वेश क्याम्प स्थापना गर्नु पर्नेमा जोड दिए । आवश्यता अनुसार सुरक्षा नभएकोले यसक्षेत्रका बासिन्दाले पटकपटक डेलीगेशन गृहमन्त्रालय सम्म धाउदै आएका छन । साथै ४ वटा गाविसको कार्यक्षेत्र भएको सडकपुर बौनिया प्रहरीचौकी स्थर उन्नती नहुदा र व्यस क्याम्प नहुदा यस क्षेत्रका जनताले सुरक्षाको आभाष नपाएको गुनासो समेत गर्दै आएका छन ।