‘हात्ती छिरीसक्यो, अब उखानमा मात्रै पुछार अड्किन्छ व्यबहारमा अड्कीँदैन’ : सुवास नेम्वाङ

भदौ १३, काठमाण्डौ — संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले संविधान निर्माणको आधार तयार भइसकेको र अन्तिम चरणमा पुगेकाले भदौ मसान्त भित्रमा संविधान जारी हुने बताएका छन् । राजधानीमा एक रेडियो अन्र्तवार्ताका क्रममा अध्यक्ष नेम्वाङले संविधान जारी गर्ने प्रक्रिणमाको अन्तिम चरणमा छलफल भइरहेको र विधेयकमाथिको सैद्धान्तिक छलफल आज टुंगीएपछि सभासदहरुले संसोधन हाल्ने समय सिमामा सभा प्रवेश गर्ने उल्लेख गरे ।

उनले भने त्यो पक्रिया सकिएपछि विधेयक दफावार रुपमा सभाको पूर्ण बैठबमा प्रस्तुत भएपछि संविधान जारी गर्ने प्रक्रिया अगाडी बढे लगत्तै सचिवालयले आफ्नो काम अगाडी बढाउँछ । संविधान जारी गर्न ढिला भइसकेकाले भदौ मसान्त भित्रमा जारी गर्नुको विकल्प आफुसँग नभएको पनि उनले प्रस्ट पारे । अध्यक्ष नेम्वाङले हात्ती छिरीसकेको र अब उखानमा मात्रै पुछार अडकिए पनि व्यबहारमा नअड्कीने ठोकुवा समेत गरेका छन् ।