मलेसियामा सरका विरुद्ध प्रदर्शन चर्किदै

भदौ १३, काठमाण्डौ — मलेसियामा सरकार विरोधी प्रदर्शनमा जारी रहेको छ । आज पनि हजारौं मानिसहरु सरकार विरुद्ध सडकमा उत्रिएका छन् । प्रधानमन्त्री नजिब रजाकले भ्रष्टाचारविरुद्ध कुनै कदम चाल्न नसकेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा मागेका छन् । सरकारले प्रदर्शनलाई गैरकानूनी भनेपनि राजधानी क्वालालाम्पुरमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री रजाकले विदेशी दाताबाट ७० करोड अमेरिकी डलर लिएको भन्दै प्रदर्शनकारी आक्रोशित भएका हुन् । मलेसियाको भ्रष्टाचारविरुद्ध कार्य गर्ने निकायले पनि अमुक विदेशी दाताले रकम दिएको पुष्टि भएको जनाएको छ । तर प्रधानमन्त्री रजाकले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै प्रदर्शनकारीले मुलुकको छवी धमिल्याएको आरोप लगाएका छन् ।