आज बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस

भदौ १३, काठमाण्डौ — आज बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । बेपत्ता पारिएका व्यक्तिहरुको सँझनामा प्रत्येक वर्षको अगष्ट ३० तारिखका दिन यो दिवस विश्वभर मनाउने गरिएको छ । सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोष्टारिकामा स्थापित एक गैरसरकारी संस्थाको पहलबाट मनाउन थालिएको यो दिवस अहिले विश्वभर मनाउने गरिन्छ । दिवसका अवसरमा मानवअधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले बेपत्ता विरुद्धको जनचेतना जगाउने तथा बेपत्ताका परिवारसँगको एक्येबद्धता गर्दै मनाउने गरिएको छ ।