इङलिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले उत्कृष्ट प्रदर्शनलाई जारी

भदौ १३, काठमाण्डौ — इङलिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ । लिगका पहिला ४ खेल सकिदा सिटी शतप्रतिशत नतिजा निकाल्दै लिग तालिकाको पहिलो स्थानमा कायमै रहेको छ । प्रतियोगिता अन्तर्गत गए राती भएको खेलमा सिटीले वाटफोर्डलाई २ शुन्यले पराजित गरेको हो ।

त्यस्तै गए रातीनै भएको खेलमा आर्सनलले न्यूक्यासललाई पराजित गरेको छ । ४ खेलमा ७ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेको छ । गए रातीनै भएको अर्को खेलमा वेस्टब्रोमले स्टोक सिटीलाई हरायो भने एस्टन भिल्ला र सस्डरल्याण्ड, बोर्नीमाउथ र लिसेस्टर सिटी तथा टोटेनह्याम र एभर्टनले बराबरी खेल्दै अंक बाडेका छन् ।