संविधान निर्माण प्रक्रिया र असन्तुष्ट दलहरूसँगको वार्तालाई सँगसँगै लैजाने तयारी

भदौ १३, काठमाण्डौ — प्रमुख दलले संविधान निर्माण प्रक्रिया र असन्तुष्ट दलहरूसँगको वार्तालाई सँगसँगै लैजाने तयारी गरेका छन् । आज मधेसी मोर्चा र थारु संघर्ष समितिले बुझाएका मागका विषयमा छलफल हुँदैछ । आज बस्ने प्रमुख दलहरुको बैठकमा असन्तुष्ट दल र पक्षले राखेका विषयमा छलफल हुनेछ ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आजको छलफलबाट मागका विषयमा धारणा बनाउने जानकारी दिनुभयो । वार्तामा बसेपछि दुवै पक्ष लचिलो भएर प्रस्तुत हुनुपर्ने र एउटा विन्दुमा पुगिने उहाँले बताउनुभयो । आजको छलफलबाट भोलि नै वार्तामा बस्ने गरि वातावरण बनाउने उहाँको भनाई छ । संविधान विधेयकको संसोधन गर्न तोकिएको समयसीमा पनि माग समेट्ने गरि संसोधन हाल्न सकिने दलहरुको तयारी छ ।