नयाँ संविधानको परिमार्जित विधेयक माथिको छलफल आज सकिदै

भदौ १३, काठमाण्डौ — संविधानको मस्यौदा विधेयक माथिको छलफल आज सकिने भएको छ । संसभादहरुले भनाई राखिसकेपछि आज विधेयक मस्यौदामाथिको छलफल सकिनेछ । छलफल सकिएपछि विधेयकमा संसोधन हाल्न दल तथा सभासदहरुलाई समय दिइनेछ । संविधान विधेयक मस्यौदामा छलफल गर्दै सभासदहरुले अब जारी हुने संविधानमा सबै जातजाति, भषाभाषी र धर्मावलम्बी, वर्ग र समुदायले आफ्नो स्वामित्व ग्रहण गर्न पाउने खालको हुनुपर्नेमा माग गरेका छन् ।

संविधानसभाको आजको बैठकमा संविधानको परिमार्जित विधेयकमाथिको छलफलमा सहभागी सभासद्हरूले आफ्ना अधिकारका लागि सङ्घर्षरत् सबै वर्ग, समुदाय र क्षेत्रका जनताको भावनालाई समेटेर संविधान जारी गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । प्रमुख चार दलबीच सङ्घीय प्रदेशको सीमा निर्धारणका विषयमा सहमति भएपछि कैलालीको टीकापुरमा भएको घटनालाई मानवताविरोधी घटनाको रूपमा चित्रण गर्दै निष्पक्ष छानबिनका गर्न पनि सभासदहरुले माग गरेका छन् ।

नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि संविधानसभामा छलफल सकिएपछि आज पारित हुनेछ । विधेयकमाथि हिजोसम्म ३९४ सभासद्ले धारणा राखेका छन् । अब करिव ६० जना सभासद बोल्न बाँकी रहेको छ । संविधानसभाको बैठक बिहान साढे ११ बजे बोलाइएको छ ।