नेपाल अफगानिस्तानसँग १० विकेटले पराजित

भदौ १२, काठमाण्डौ —  एसीसी यू-१९ पि्रमियर लिग क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग १० विकेटले पराजित भएको छ । नेपाल दिएको १२४ रनको सामान्य लक्ष्य अफगानिस्तानले विना वीकेटको क्षतिमा केवल २५ ओभरमै पूरा गरेको छ । अफगानिस्तानका ओपनरद्धय नसिर खान र हजरातुल्ललाले पहिलो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरे ।

नसिर खान ५७ रनमा अविजित रहे भने हजरातुल्लला ६८ रनमा अविजित रहे । मलेसियाको किन्रारा ओभलमा टस जितेर ब्याटिङ गरेको नेपाल ४७.५ ओभरमा मात्र १२३ रनमा समेटिएको थियो  ।ओपनर सन्दिप सुनुवार दोस्रो ओभरको पहिलो बलमै डक आउट भएपछि नेपाल सुरुवातदेखि नै दबावमा पर्‍यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राजवीर सिंह पनि डक आउट भए भने आरिफ शेख मात्र २ जोडेर पभेलियन र्फकिँदा नेपालको स्कोर ४ रन मात्र थियो ।

पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका कप्तान राजु रिजाल २२ बलमा मात्र १ रन जोडेर आउट भए । ओपनर सुनिल धमलामात्र क्रिजमा टिकिरहे । धमलाले योगेन्द्र सिंह कार्कीसँग पाचौै विकेटका लगि ५८ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । धमला ४६ रनमा आउट भए । कार्कीले २० रन जोडे । शौरभ खनाल २ रनमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले १० रन जोडे । नवौं विकेटका लागि प्रेम तामाङ र सुशील कडेँलले २९ रनको साझेदारी गरे । प्रेमले २० रन बनाए भने कँडेल ४ रनमा आउट भए ।

दिपेश श्रेष्ठ शून्यमा अविजित रहे । अफागानका रहमान र मालाकेजइले समान ३-३ विकेट लिए भने नभिन उलहकले २ विकेट हात पारे । नेपालले आफ्नो तेस्रो खेलमा सोमबार घरेलुटिम मलेसियासँग खेल्ने छ ।