केसीको समर्थनमा र्याली

भदौ १२, काठमाण्डौ — शिक्षण अस्पताल महाराजगञ्जमा आमरण अनसनमा बस्नु भएका चिकित्सक डा गोविन्द केसीको पक्षमा समर्थन जनाउँदै चिकिस्तकहरुले आज र्याली निकाल्ने भएका छन् ।

एमबीबीएस पढ्ने चिकित्सकहरुले आज दवाव र्याली निकाल्ने बताएका छन् । मेडिकल माफियाको नियन्त्रण र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदनको सुझाव तत्काल कार्यान्वयनको माग गर्दै चार दिनदेखि अनशनमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्किएको छ  सरकारसँग पटकपटक सम्झौता हुने तर कार्यान्वयन नहुँने प्रवृत्ति बढेपछि छैटौं पटक डा.केसी अनशनमा बस्नु भएको छ ।