तराईका विभिन्न जिल्लामा बन्द खुलेपछि चहलपहल बढे

तराईका विभिन्न जिल्लामा बन्द खुलेपछि चहलपहल बढेको छ । बन्दकर्ताले जनै पूर्णिमा अर्थात रक्षा बन्धनलाई मध्यनगर गर्दै बन्द खुलाएपछि चहलपहल बढेको हो ।
दाङ, बाँके, बर्दिया, नवलपरासी लगायतका ठाउँमा चहलपहल बढेपनि कैलालीको टिकापुरमा भने सोमबारदेखि लागेको कर्फ्युका कारण रक्षा बन्धन मनाउन टाढा जानुपर्नेलाई समस्या भएको छ ।
धनगढीमा बिहान ११ बजेदेखि बेलुकी ५ बजे कर्फ्यु लाग्ने भएपछि टाढा जानुपर्नेहरु बिहानै हिँडेका छन् ।
मोर्चामा आबद्ध एक दलका नेताले आफूहरुले रक्षाबन्धन पर्वलाई मध्यनजर गर्दै बन्दलाई केही खुकुलो पारेकोे बताए । मोटरसाईल चलाउन र  बजारमा दुई दिनसम्म पसल संचालनमा केही राहत दिईए पनि अन्य बन्दका कार्यक्रम भने यथावत रहको उनको भनाइ छ
यसैविच सयुक्त लोक्तान्त्रिक मधेशी मोर्चाका कार्याकर्ताले कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा एक ट्रकमा आगजानी गरेका छन् । बन्दको अवाज्ञ गरेको भन्दै पूर्वपश्चिम लोकराजमर्गमा पर्ने खरेन्द्रपुरको छाला फैक्टरी नजिकै मोर्चाका कार्याकर्ताहरुले गएराति ११ बजे ट्रकमा आगजानी गरेका हुन् । पूर्वदेखी पश्चिम जादै गरेको लु १ ख ७५०२ नम्बरको ट्रकमा आगजनी भएको वडा प्रहरी कार्यलाय चन्द्रौटाले जनाएको छ । ट्रकमा चामल र किराना समाग्री लोड गरिएको थियो ।