संविधानको विधेयक मस्यौदामा छलफल

भदौ ११, काठमाडौँ – नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को बारेमा आजपनि संविधानसभामा छलफल हुने भएको छ । आज साँझसम्म छलफल सक्ने गरि तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । छोटो प्रक्रियाबाट संविधान जारी गर्नेगरि फेरि तयारी भएको छ।

आज साँझसम्म छलफल सकिए भोलिबाट दफाबार छलफलका लागि तयारी गर्ने संसद सचिवालयले जनाएको छ । छलफलमा भाग लिने सबै सभासद्ले जस्तोसुकै कठिन परिस्थिति उत्पन्न भए पनि संविधान निर्माणको मूल लक्ष्यबाट विमुख हुन नहुनेमा जोड दिएका छन् । सीमाङ्कनको विषयलाई लिएर विभिन्न जिल्लामा जारी विरोध प्रदर्शन र आन्दोलनलाई वार्ताको माध्यमबाट छिटो सम्बोधन गरी सबैको भावना समेटेर समयमा नै संविधान जारी गर्नुपर्ने उनीहरुको भनाइ छ । बैठक अहिले बिहान केहीबेरमा हुँदैछ ।