दोस्रो विश्वयुद्धमा हराएको सुन,हीरा,मोतीले भरिएको रेल फेला परेको दाबी

भदौ ४ ,काठमाडौँ – दोस्रो विश्वयुद्धको समयदेखि हराएको भनिएको सुन तथा बहुमूल्य धातुहरुले भरिएको रेलगाडी दुई व्यक्तिले फेला पारेको दाबी गरेका छन् । पोल्याण्डमा दुई युवाले उक्त रेल लाई फेला पारेको दाबि गरेका हुन् । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ मा बहुमूल्य धातुहरुले भरिएको उक्त रेल पोल्याण्डको मौजुदा सहर व्रोक्ला नजिकैबाट बेपत्ता भएको थियो । दक्षिण–पश्चिम पोल्याण्डको एक कानुनी फर्मसँग ती दुईजनाले हिरा तथा सुन–चाँदीले भरिएको रेल आफूहरुले फेला पारेको दाबी गरेको अधिकारीहरुको जनाएका छन् । एजेन्सीले जनाए अनुसार सुनले भरिएको रेल भेट्नेहरुले १० प्रतिशतको हिस्सेदारी खोजेका छन् ।

वालब्रजिच जिल्ला परिषद्ले वकील, सेना, प्रहरी र प्रशासनले भेटिएको भनिएको रेलका बिषयमा पुस्टि गर्न थप अध्ययन र अनुसन्धान गरिरहेका छन् ।
अधिकारीहरुका अनुसार रेल फेला परेको भनिएको क्षेत्रमा यसअघि उत्खनन् भएको थिएन । एजेन्सी ।