घैंटेलाई सहिद घोषणा गर्न कांग्रेस सभासदको माग

भदौ ४ ,काठमाडौँ – घैँटेलाई प्रहरीले इन्काउन्टरमा मारेको विषयबारे आज संसदमा चर्को बहस भएको छ। संसद बैठकमा बोल्दै कांग्रेस सभासद कौशर साहले घैँटेलाई शहीद घोषणा गर्न माग गरिन्।

शाहले विश्व मानवअधिकार दिवसको दिनमा कुमार श्रेष्ठलाई हत्या भएको भन्दै उनलाई सहिद घोषणा गर्न माग गरेकी हुन्। संसदमा बोल्दै उनले भनिन् ‘कुमार घैँटे देशको ठूलो मान्छे बन्न सक्थ्यो’, ‘प्रहरीले जानीजानी मार्‍यो।

यसैगरि कांग्रेसकै काठमाडौं क्षेत्र नम्बर ६ का सभासद भीमसेनदास प्रधानले पनि घैँटे मारिएकोमा आपत्ति जनाएका छन्।