सरकार लोकतन्त्रको मुल्य मान्यता र आदर्शप्रति प्रतिबद्ध छ – प्रधानमन्त्री कोइराला

भदौ ३, काठमाडौँ – आज आठौं राष्ट्रिय सुचना दिवस । नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री शुशील काइरालाले बर्तमान युग संचारको युग भएकाले लोकतान्त्रिक समाजमा सुचनाको हकले महत्वपुर्ण स्थान ओगटेको बताए ।

सत्य तथ्य सुचनाले नै सरकार र गैरसरकारी निकायलाई नागरिकप्रति उत्तरदायी बनाएको उनको भनाई छ । प्रधानमन्त्री काइरालाले बर्तमान सरकार लोकतन्त्रको मुल्य मान्यता र आदर्शप्रति प्रतिबद्ध रहेको भन्दै सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे।
यस्तै दिवसको अवसरमा प्रधान न्यायाधीश कल्यान श्रेष्ठले कानुनले श्रृजना गरेको आ आफ्नो दायित्व इमान्दारितापुर्वक पालना गरि सुचनाको हरेक प्रचलन र कार्यान्वयनमा सघाउ पु¥याउने सबैमा धन्यवाद तथा बधाई ज्ञापन गरे । यस्तै संविधनसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आम नागरिकलाई आफ्नो अधिकारप्रति सजग र सचेत तुल्याउन सुचना आयोगले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
दिवसको अवसरमा सुचना तथा संचारमन्त्री डा मिनेन्द्र रिजालले आजको दिन नागरिको सुचना माग्ने र पाउने हकको आरम्भ भएको पुनित दिन भएको बताए । यस्तै सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्ण्महरि वास्कोटा त्यस्तै प्रमुख सुचना आयुक्त र राष्ट्रिय सुचना आयोगले समेत राष्ट्रिय सुचना दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन ।