मन्जुको लोभलाग्दो तिज गीत बजारमा

काठमाण्डौं – गाउघर तिर गित गाउदा गाउदै सबैले तारीफगर्न थालेपछि गायीका बन्ने अभियानमा होमीएकी मन्जु गौतम यतिबेला साच्चिकै गायीका बनेर नेपाली संगीत क्षेत्रमा स्थापीत हुने चरनमा पुगेकीछन् ।

२०६० साल बाट गायन यात्रा सुरुगरेकी उनले रामजी खाडसंगको मनपरेको फुल खसेको तिमीलाई मैले नपाउन रैछर यतिधेरै माया बसेको गितबाट चर्चाको शिखर चुम्न भ्याइन । एक दर्जन गित गाइसकेकी उनले तिजको पुर्वसन्धयामा कसलाई थाहा छ अर्कोसाल मरीन्छकी बाचिन्छ बोलको तिज गित सार्वजनीक गरेकी छन् । बिनोद बन्जाराको शब्द र हरिकर्माचार्यको संगितमा सजिएको उक्त गित अरु तिज गितको तुलनामा उत्कृष्ट छ ।