साङगितिक यात्रामा अर्को खुड्किलो पार गर्दै गायक खेम थापा

कमल न्यौपाने 

पाल्पा जिल्लाको चापानीमा जन्म भई हाल रुपन्देहीको देवदहलाई आफ्नो कर्मथलो बनाइ साङगितिक क्षेत्रमा अघी बढीरहेका खेम थापा आफ्नो उज्ज्वल भबिष्यको खोजिमा छन । सानैदेखिनै गीत संगीतप्रतिको रुची र ठुलो भएसी सोही क्षेत्रमा आफु स्थापित हुने उनको सोच रहेको थियो । सोही सपना साकार गर्ने उद्देश्यले खेम थुप्रै बाधा अड्चनलाई पार गर्दै निरन्तर यो क्षेत्रमा लागि परेकाछन । बाल्यकालदेखीनै थुप्रै गीतहरु गुनगुनाउदै हिँड्ने खेमको सपना एक असल गायक बन्ने थियो । आफ्नो निरन्तरको प्रयासले मात्र नहुने,घर परिवारको अवस्था कमजोर भएकोले खेम सोचे अनुरुपले चल्न सकेनन । मध्यम परिवारमा जन्म लिएका खेम आफ्नो परिवारको स्थिती कमजोर हुनाको कारण परदेशिन पनि वाध्य भएका थिए । आफ्नो रुची नेपालमै बसेर गीत संगीतमा केही गर्ने हुँदै हुँदै पनि परदेशिन परेको नमिठो अनुभब हामीसङ साटे खेमले । आफ्नो परिवारको अवस्था सबल बनाउन र सपना पुरा गर्न भनी केही बर्ष पर्देशमा आफ्नो मेहेनत खर्चेका थिए ।
स्कुले जीवनबाट नै थुप्रै साङगितिक कार्यक्रममा आफ्नो सहभागीता जनाउन अघी पर्ने खेम धेरै कार्यक्रममा आफ्नो प्रस्तुती दिईसकेकाछन । ९ कक्षामा हुँदा देखीनै रक्तिम सांस्कृतिक परिवारमा कलाकारको रुपमा थुप्रै कार्यक्रममा खेमले सहभागीता जनाइसकेकाछन । २०६१ सालदेखी संगीतको अध्ययन समेत सुरु गरेका खेमले प्रदेशमा गएर केही बर्ष संघर्ष गरे र पुन: नेपाल आएर साङगितिक क्षेत्रमा नै अघी बढीरहेकाछन । खेमका दिनहरु संगीत सिक्दै र अरुलाई पनि संगीत सिकाउदै बित्ने गरेको छ । निकै मेहेनत पस्चात ६९ सालमा ५ वटा गीत सहितको पुर्णिमा एलबम बजारमा ल्याउन सफल भएका थिए खेम । सो एलबममा रहेका गीतले खेमलाई राम्रो सफलता दिलायो र जस्कै कारण सो क्षेत्रमा निरन्तर लागिरहेकाछन । पुर्णिमा एलबम आउनमा आफ्ना थुप्रै साथीको साथ र सहयोग रहेको बताउछन । उनी हाल काठमान्डौ स्थित ललितकला क्याम्पसमा संगीतमै स्नातक तहमा अध्ययन गर्दैछन । उनको सोच निरन्तर रुपमा सो क्षेत्रमा लाग्ने रहेकोछ । पछील्लो समय आफ्ना ति बाल्यकालमा देखेका सपनाहरु थोरै भएपनी साकार हुँदै गएको बताउछन खेम ।
आधुनिक,शास्त्रीय र गजल गीत गायनसङै संगीतमा समेत आफुलाई चिनाउन सधैंभ प्रयास गरिरहने बताउछन खेम । गायक बन्ने सपना देखेका खेमले घेरै संघर्ष गरेकाछन आजको दिनमा आउनको लागि । संगीतप्रतिको आफ्नो लगाव र साधनाका कारण खेमले आफ्नो दोस्रो एल्बम बर्बाद सार्वजनिक गरेकाछन । बर्बादमा १ गजल सहित ३ वटा गीत रहेको छ । बर्बादमा समाबेश कोही दिल दिएर बर्बाद बोलको शिर्ष गजल गीतको अडियोसँगै भिडियो समेत यतिबेला बजारमा रहेकोछ । सो गजल देवदहका श्रस्टा समर प्रकाशको रहेकोछ । कोही दिल दिएर बर्बाद बोलको शिर्ष गीतलाई यतिबेला दर्शक श्रोताले निकै मन पराएकाछन । सो गीतको भिडियो समेत उत्कृष्ट बनेको छ जस्मा नरेश वीर सिंह,मुना राना,अमृताको अभिनय रहेको छ । बर्बादमा एल्बममा कोही दिल दिएर बर्बाद,चोट धेरै हुँदो रहेछ,अनुपम सृस्टि हौ तिमी जस्ता विभिन्न गीत समाबेश छन । अन्य गीतको भिडियो केही समयमा बजारमा आउने भएकोछ । गायक थापालाई सांगीतिक यात्रामा सफलता मिलोस् भन्ने हाम्रो पनि शुभकामना ।

साङगितिक यात्रामा निकै लामो दुरी तय गरेका गायक खेम थापासँग गरिएको कुराकानी :

तपाईले संगीतलाई कसरि बुझ्नु भएको छ ?
संगीत मनिसको प्राणसँग जोडीएको हुन्छ । मेरो बुझाईमा संगीतले हर प्राणिलाई प्रभाव पारेको हुन्छ । जनावर, बोटबिरुवा लगायत अरु धेरैलाई । मान्छेलाई कुनै चोट,पिर दु:ख थकान या कुनै टेनसन होस् यो सब संगीतले मेटाउने काम गर्छ । तेस्कारण संगीतमा झुम्नुको बेग्लै आनन्द छ ।

तपाइले यो क्षेत्रमा लाग्न कस्बाट प्रेरणा पाउनुभयो,कसरी यो क्षेत्रमा लाग्नुभयो ?

सानैदेखि गीत संगीत सुन्ने गर्थे जो मेरो दिल भित्र बस्ने गर्थ्यो । गुनगुनाउने गर्थे,आनन्द लग्थ्यो । स्कुल जीवनमा साथिभाइ अनी गुरुहरुको हौसलाले अझै उर्जा थपिदियो । सायद सानैदेखिको सपना थियो तेसैले यतै मात्र ध्यान भो अनी हल्का हल्का गर्दै आज यहाँ आउन सफल भको छु । सम्पूर्णको साथ र सहयोग रहेकोछ ।

निकै मेहेनत र साथीभाइको साथले पहिलो एलबम पुर्णिमा ६९ सालमा बजारमा आउँदा कस्तो अनुभब रहयो ?
यती खुशी थिए कि म त्यो समय । म सानैदेखी गायक बन्ने सपना देख्थे जुन त्यो दिन पुरा भएको थियो तेसैले पनि मेरो खुशीको सिमा नै थिएन । साथीहरुको सहयोग पाउदा यो क्षेत्रमा एक खुड्किलो अझ माथि टेके जस्तो लाग्याथियो । अझै पनि साथीभाइको साथ र सहयोग निरन्तर छ ।

तपाईको दोश्रो एलबम बर्बाद अहिले बजारमा छ । यो कस्तो एलबम हो र के कस्ता गीत समाबेस छन नि ?

यो आधुनिक गीत तथा गजलको एलबम हो । यसमा सेन्टिमेन्टल अनी रमाइलो सबै खालको गीत समाबेश गरेको छु । बर्बादमा १ गजल सहित ३ वटा गीत रहेको छ । बिशेष त यस्मा समसामयिक बिषयलाई जोड्न खोजिएको छ । मान्छेहरु बर्बाद हुन्छन कोही दिल दिएर त कोही दिल लिएर,कोही पिएर त कोही कसैको यादमा जिएर अनी कोही मायामा डुबेर । यस्तै यस्तै भाव रहेको छ मेरो यो एलबममा । बर्बादमा एल्बममा कोही दिल दिएर बर्बाद,चोट धेरै हुँदो रहेछ,अनुपम सृस्टि हौ तिमी जस्ता विभिन्न गीत समाबेश छन । बिशेष त यो एलबम माया प्रेमकै बिषयमा रचिएको हो ।

आगामी दिनमा यो क्षेत्रमा के कसरी लाग्ने सोचमा हुनुहुन्छ ?

म एउटा संगीतको बिध्यार्थी हुँ । अहिले पनि सिक्दै छु । जहिले पनि मेरो सोच के हुन्छ भने कसरि यो क्षेत्रलाई राम्रो बनाउन सकिन्छ । कसरि हुन्छ सधैं राम्रो अनी बिल्कुल नयाँ र बेग्लै खालको प्रस्तुती दर्शक स्रोतामाझ दिने । म सधैं यस्तै काममा लागिरहनेछु । गीत गाउने र संगीत गर्ने काम अगाडी बढाउदै लैजानेछु ।

अन्तमा आफ्ना केही शब्दहरु

संगीत मेरो हृदय हो र म सधैंभ संगितको यात्रामा नै लाग्नेछु । हामी आफ्नो मौलिक्ता र आफ्नो भाषा अनी हाम्रो धर्म सन्सकृतिलाई माया गर्नुपर्छ । सधैं हाम्रो संगीतको स्तर माथि उठाउने सोच राखेर काम गर्नु पर्दछ हामीले । यो क्षेत्रको बिकास हुन सक्यो भने बल्ल हामी अघी बढ्न सक्छौ र हाम्रो पनि बिकास हुन सक्छ । तेसैले राम्रा गीत संगीतको सधैं जोगेर्ना गर्नुहोला र सधैंभ गीत संगीतलाई माया गर्नुहोला ।

गायक खेम थापाको बर्बाद एलबममा रहेको कोही दिल दिएर बर्बाद बोलको शिर्ष गीतको भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला ।