आज नाग पञ्चमी, किन मनाइन्छ नाग पञ्चमी ? पढ्नुहोस्

भदौ २ , काठमाडौँ –  परापुर्ब काल देखि सबैलाई देवता मान्ने चलन अन्तर्गत नाग, जो पाताल को राजा मानिन्छ तिनलाई पुजा गरेर शान्त पर्नु परम्परा रही आएको छ । श्रावन शुक्ल पंचमीलाई नाग पंचमीको रुपमा मनाईन्छ । पंचमी भन्नाले औंसीको पाँचौ दिन हो ।

यस दिन मूल ढोकामा गोबर लगाएर नाग को चित्र टाँस्ने गरिन्छ । जल दुध र घिऊ ले सर्प लाई स्नान गराईन्छ । गहु दुबो धानको लावा दहि चामलको दुध (चौलानी) हरुले सर्पको पूजा गरिन्छ । कपासको सर्प बनाएर पुजा गर्ने चलन पनि छ । सर्पको प्वाल मा दुध, दुबो, गहु चौलानी राखिदिने र पूजा गर्ने चलन छ । यस दिन अरु सबै नाग र सर्प लगायात कालो रंगको नागको बिशेष पूजा गरिने परंपरा रहेको पाइन्छ ।

नागको पूजा गर्नाले सर्पको भय बाट मुक्ति पाइने बताइन्छ । नाग मंत्र को उचारणले मात्र पनि सर्पको टोकाई बाट बचिन्छ र सर्प हरु घर वरपर आउँदैनन भन्ने बिस्वास छ । सायद यो मन्त्र को उचारणले मान्छेमा आत्मा बिस्वास जागाउछ होला जसले गर्दा पूर्व कालमा मान्छे यो गर्मि महिनामा सर्प को भय बाट बच्दथे होलान ।

 मन्त्र 

अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम् |
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ||
एतानि नवनामानी नगनां च महत्मनाम् ।
सायंकाले पठेन्नित्यं प्रात:काले विशेषत: ।।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवत् ।।

यो गर्मि को मौसम मा सर्पहरुको सासन रहने कुरालाई अन्यथा पनि मान्न सकिन्न । सर्प बाट बच्नु पर्ने र सावधान हुनु पर्ने कुरा को सूचना पनि यो पर्वले प्रवाह गर्दछ । यो पर्वमा नागहरु बिशेष सर्पहरु हुन् । कस्ता सर्प नाग हुन् भन्ने बारेमा खासै राम्रो बयान नभए ता पनि, केहि सर्पहरु जसको हिन्दु कालमा बयान छ ति सर्पहरुलाई प्राय नाग कै नाम दिइएको भेटिन्छ । ति सबै मुख्य नागहरुको पूजा गर्ने चलन छ ।

नाग पंचमी किन मनाउन थालियो भन्ने बारे थुप्रै जनबिस्वाशहरु पाइन्छ ।

नाग पंचमी किन मनाइन्छ भन्ने बारे धेरै धारणाहरु पाइन्छन । कृष्ण भगवान ले श्रावण शुक्ल पंचमीका दिन काली नाग माथि बिजय प्राप्त गरेर त्यस नागलाई शान्त गरेको उपलक्ष्यमा नाग पंचमी खुसियाली मनाउने चलन भंएको पनि मानिन्छ ।

काठमाडौँ उपत्यका पहिले एउटा तलाउ थियो । उक्त तलाउको नाम टेथिस सगर थियो । त्यस सागरको पनि बाहिर निकाले र मान्छे बस्न योग्य बनाए पछी सम्पूर्ण नाग समाज रिसाए । उनीहरुलाई शान्त पर्न ठाउँ ठाउँमा नाग को स्थान हरु बनियो र पुजा गर्न थालियो भन्ने जना बिस्वास पनि रहेको छ ।

भनिन्छ कस्यप ऋषि का १३ पति हरु मध्ये कद्रूले ८ नाग हरुलाई जन्म दिईन । ति नाग हरु पाताल का ससक भए । ति सबै ८ नागका नाम नाग मंत्र मा यसरी रहेका छन् – अनन्तं वासुकिं शेषं पद्मनाभं कम्बल शंखपालं धार्तराष्ट्रं तक्षकं र कालिया । यी नाग हरु धेरै शक्तिशाली र भयानक मानिन्छ । यिनको पुजा गर्नाले यी नाघरु शान्त रहने विश्वास गरिन्छ । यिनै ८ नाग का नाम हरु लेखेर ढोकामा टास्ने गरिन्छ ।

नागलाइ वर्षाको श्रोत पनि मानिन्छ । नाग रिसाएमा पानि नपर्ने र पानि नपरे खेतिबालि गर्न गर्न गार्हो हुने हुनाले पनि नाग को पूजा आवस्यक मानिन्छ । कथा बस्तु जे भएपनि सर्प पनि यो बातावरण को एउटा अभिन्न अंग हो । उनीहरुको आफनै स्थान छ । हाम्रो पनि आफ्नो परम्परालाइ पछाउनु र जोगाउनु कर्तब्य हो ।