बन्द एक बजेबाट फिर्ता

साउन ३२, काठमाडौँ – नेकपा-माओवादी, जनजाति तथा मधेसी केन्द्रित दलले गरेको नेपाल बन्द आज दिउँसो १ बजेपछि खुल्ने भएको छ । आज दोस्रो दिन भने बन्दको खासै प्रभाब परेको छैन । प्रहरीले आन्दोलनकारीहरुलाई सडकमा उत्रिनै नदिएर पक्राउ गरेपछि दोस्रो दिनको बन्दको प्रभाव कम परेको हो ।

काठमाडौ, भक्तपुर र ललितपुरका आन्दोलनरत दलका कार्यकर्ताहरुले प्रदर्शनको तयारी समेत गरेका छन् । माओवादीसहित आन्दोलनरत दलका शीर्ष नेताहरुको नेतृत्वमा प्रदर्शन गर्ने तयारी गरिएको हो ।प्रदर्शनपछि दिउँसो १२ बजे रत्नपार्क शान्ति बाटिकामा सभा गरिने माओवादीले जनाएको छ ।