बेपत्ता इन्डोनेसियाली विमानको भग्नावशेष फेला

साउन ३२, इन्डोनेसिया – इन्डोनेसियाको बेपत्ता एक विमानको भग्नावशेष फेला परेको छ । आइतबार घरेलु उडानका क्रममा बेपत्ता भएको इन्डोनेसियाली विमान ‘ट्रिगाना एयर’ को भग्नावशेष पापुआ क्षेत्रमा फेला परेको बताइएको छ ।

सो विमानमा ५४ जना सवार थिए । दुर्घटनामा कोही जिवित छन् या छैनन् भन्ने प्रष्ट भइसकेको छैन । विमानमा सवारमध्ये ४४ वयस्क, पाँच बालबालिका छन् भने पाँच जना चालक दलका सदस्य रहेको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार आइतबार दिउँसो करिब तीनबजे उक्त विमानसँग सम्पर्क विच्छेद भएको थियो ।
प्रान्तीय राजधानी जयापुरकाको सेन्तानी विमानस्थलबाट उडान भरेको विमान दक्षिणी सहर ओक्सिबिलतर्फ जाँदै गर्दा बेपत्ता भएको थियो । (एजेन्सी)