चलचित्र ‘मुनाको’ ट्रेलर सार्बजनिक

 

काठमाडौ –  समाजिक सन्जाल यिउट्युबमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ‘ग्र्याभिटी तन्त्र’ अब सामाजिक सन्देश तथा जनचेतना मुलक चलचित्र निर्माणमा पनि हात हाल्ने भएको छ । चलचित्र मुना यसको उदाहरण हो । नेपाली चेलीलाई भारतमा लगेर बेचिने सिलसिलामा पहिले पनि थुप्रै चलचित्र बनिसकेका छन्, ।

विषय बस्तु पुरानो भएपनी कथा र प्रस्तुती नयाँ भएको कुरा चलचित्र मुनाका कथाकार तथा सम्पादक रुपेश घिमिरे भन्छ्न । छोटा चलचित्रको माग बढिरहेको बेलामा ग्र्याभिटी तन्त्रले थुप्रै प्रतियोगीताहरुमा भाग लिदै आइरहेको छ ।

“रङ्गकर्मी सानु पान्डे , रुपक खरेल र बिभिन्न चलचित्रको पर्दामा देखिने सुमित्रा अधिकारी को मुख्य भूमिका रहेको चलचित्र मुना ठेट नेपालीपन झाल्किने चलचित्र हो ” निर्देशक दिपेश प्रताप भन्छन ” यो चलचित्र बिभिन्न च्यारिटी शो का लागी पठाउने बिचार छ ।” सबिन बिस्ट को कला निर्देशन रहेको मुनामा लुकुश धिताल निर्माता रहेका छन्, ।