साफ यु–१९ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

साउन ३२, काठमाडौँ – पहिलो साफ यु–१९ फुटबल च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा भएको छ । भदौ ३ गतेदेखि हुने प्रतियोगिताका लागि ३ गोलकिपर, ८ डिफेन्डर, ७ मिडफिल्डर र ५ फरवार्ड गरी २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको हो ।

गोलकिपरमा सोजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बु छन् । यस्तै, डिफेन्डरमा अनन्त तामाङ, अमित तामाङ,छिरिङ्ग गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा, गौरव बुढाथोकी र कमल श्रेष्ठ रहेका छन् ।

मिडफिल्डरमा हेमन्त थापामगर, दोन थापा, तेज तामाङ, किरण सुनार, विश्वास श्रेष्ठ, शुसन लामा र सुनिल बल रहेका छन् । यस्तै, फरवार्डमा कप्तानीको जिम्मासमेत पाएका बिमल घर्तिमगर, अञ्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी र जनोममान लिगल रहेका छन् । नेपालको समूहमा बंगलादेश र भुटान परेका छन् । यस्तै, ६ टिमले सहभागिता जनाउने प्रतियोगिताको समूह ‘बी’मा भारत, माल्दिभ्स र अफगानिस्तान रहेका छन् ।