ईशा,सक्षम र सायरी बने “डान्सिङ स्टार अफ ग्लोबल पाठशाला”

भक्तपुर – ईशा भण्डारी, सक्षम पोाखरेल र सायरी तिमिसिना “डान्सिङ स्टार अफ ग्लोबल पाठशाला” बन्न सफल भएका छन् । विद्यालयको बार्षिक कार्यक्रम अन्र्तगत ग्लोबल पाठशालले आयोजना गरेको एकल नृत्य प्रतियोगितामा उनीहरु डान्सिङ स्टार बन्न सफल भएका हुन् । पूर्व प्राथमीक, प्राथमीक र निम्म माध्यमीक गरी तिनवटा तहका विद्यार्थीहरुले छुट्टाछुट्टै प्रतिष्पर्धा गरेका थिए ।

सेलेक्सन राउण्डमा आफ्ना सहपाठीलाई उछिन्दै फाइनल राउण्डमा पुगेका पूर्व प्राथमीक तहबाट ईशा भण्डारी, बिज्ञाना पोखरेल, सदिपन खनाल र सानिया श्रेष्ठ, प्राथमीक तहबाट सक्षम पोखरेल, सुभम कार्की, सरन्या पोखरेल, दिब्यश अधिकारी र आर्या भण्डारी तथा निम्न माध्यमीक तहबाट सायरी तिमिसिना, समृद्धि राई, करिना लिम्बु र योगेश थापाले उपाधिकालागि प्रतिष्पर्धा गरेका थिए ।

यचु पार्टि प्यालेस थिमीमा आयोजित फाईनलमा पूर्व प्राथमिकबाट ईशा भण्डारी, बिज्ञाना पोखरेल र सदिपन खनाल क्रमशः प्रथम, द्धितीय र तृतीय भए भने प्राथमीक तहबाट सक्षम पोखरेल, सुभम कार्की र सरन्या पोखरेल क्रमशः प्रथम, द्धितीय र तृतीय भए । त्यस्तै निम्न माध्यमीक तहबाट सायरी तिमिसिना, समृद्धि राई र करिना लिम्बु क्रमशः प्रथम, द्धितीय र तृतीय भए । विजेताहरुलाई विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञानेश्वर निरौला र संस्थापक बेगेन्द्र सुब्बाले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

नृत्य विधामा विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई विद्यालयकै उत्कृष्ट डान्सर छान्नकालागि कार्यक्रमको आयोजना गरिएको विद्यालयका संयोजक हरिश डिशीले जानकारी दिए । विद्यालयका अभिभावकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक दिला शाक्यले धन्यवाद मन्तब्य दिनुका साथै बिजेताहरुलाई शुभकामना दिएकी थिइन् ।