डाइभर्सनले तीनकुनेमा बागमती थुनियो

साउन ३२, काठमाडौँ – राजधानीको तीनकुने–शान्तिनगर हुँदै बग्ने बागमती नदीको पुल नजिकै दुवैतर्फ निर्माण गरिएको डाइभर्सनका कारण त्यस क्षेत्र आज बिहानैदेखि जलमग्न भएको छ ।

पुलदेखि करिब पचास मिटर तलमाथि निर्माण गरिएको डाइभर्सन ६ महिना नबित्दै बाढीले यसअघि बगाएको थियो भने पुनर्निर्माणको एक महिना नबित्दै फेरि दुबै डाइभर्सन बगाएपछि अविरल वर्षा हुने बित्तिकै बागमती थुनिने गरेको छ । गएराती परेको वर्षाले बागमती नदीमा बाढी आएपछि आसपासका क्षेत्र जलमग्न भएको हो भने डाइभर्सन पनि बगाएको छ ।

नदीको किनारामा सिद्धेश्वर माध्यमिक विद्यालय र भिएस निकेतन स्कुल छन् । वर्षाले सिद्धेश्वर माविको कम्पाउण्ड समेत डुवानमा परेको छ भने नदी किनार वारीपारीका करिडोर डुबानमा परेका छन् ।