१४ जिल्लामा दादुरा–रुबेला खोप आज पनि जारि

साउन ३१, काठमाडौँ – सरकारले भूकम्प बढी प्रभावित १४ जिल्लामा हिजोदेखि शुरु भएको दादुरा–रुबेला खोप अभियान आज पनि जारी छ । वैशाख १२ गतेको भूकम्पमा कारण स्थगित भएको अभियान फेरि संचालन भएकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

हिजो र आज प्रभावित क्षेत्रका विभिन्न चोकमा र भोलिदेखि घरघरमा गएर खोप दिइनेछ । पहिलो चरणमा तीन दिन र दोस्रो चरणमा भदौ १४ देखि १९ गतेसम्म खोप सेवा सञ्चालन गरिने रोग नियन्त्रण महाशाखाले जनाएको छ । अभियानको क्रममा पाँच वर्षसम्मका बालबालिकाका लागि दादुरा–रुबेला खोप लगाउने महाशाखाको योजना छ ।