संविधान मस्यौदा समितीमा पेस

साउन ३१, काठमाडौँ – संविधान विधेयकको प्रारम्भीक खाका तयार गरेको समिती अन्र्तगतको कार्यदलले आज संविधान मस्यौदा समितीमा पेस गर्ने भएको छ । अहिले विहानबाट सुरु हुने बैठकमा दुई दिन लगाएर तयार पारेको विधेयक पेस हुने भएको हो ।

विधान मस्यौदा समिति मातहतको कार्यदलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदनका आधारमा संविधानको मस्यौदा लेखनको कार्य सम्पन्न गरेको हो । प्रमुख दलहरुबीच सहमति हुन बाँकी विषयबाहेक अन्य विषयमा कार्यदलले एकीकृत मस्यौदा तयार पारेको छ ।

प्रमुख दलबीच धर्म निरपेक्षता कायम राख्ने कि धार्मिक स्वतन्त्रता राख्ने, मत प्रतिशत सीमा के कति राख्ने र संवैधानिक अङ्गका प्रमुखको पुनःनियुक्ति गर्ने कि नगर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन ।
संवाद समितिले तयार पारेको प्रतिवेदन र यही साउन ४ र ५ गते जनताले दिएको सुझावलाई ध्यान दिएर मस्यौदा लेखनको कामलाई पूर्णता दिइएको हो । कार्यदलले तयार पारेको प्रतिवेदनलाई मस्यौदा समितिको पूर्ण बैठकमा राखेर छलफल गरिनेछ ।