मिलेर बसेका समुदायलाई अलग बनाएर छाड्ने मधेशीमुलका नेताको उद्घोष

राजेन्द्र रावल

साउन २९ ,कैलाली – कैैलालीको टिकापुरमा अखण्ड सुदुर पश्चिमको विरोधमा थारु संघर्ष समिति कैलालीले आयोजना गरेको आम सभामा एउटा अनौठो दृश्य देखा पर्याे । आफुलाई मधेशी मुलको हस्ती भन्न रुचाउने नेपाली कांग्रेसका नेता अम्रेश सिंह भिडियो खीच्दै थिए । कैलाली क्षेत्र न १,२ र ३ का थारु समुदायको सहभागितामा भएको विरोध सभामा उनी फोटा खिच्न र भिडियो लिनमै बढी व्यस्त रहे । सम्बोधनका क्रममा थारु समुदायलाई उकास्ने बाहेक अरु केही गरेनन् ।

आफुलाई राजनीति पढे लेखेको बताउने ति कांग्रेस नेता सिंहले त उल्टै मिलेर बसेका समुदायलाई साम्प्रादायिक द्धन्द्धमा जान प्रेरीत गरे । उनले खुलेरै भने अब थारु समुदायले हतियार उठाउनु पर्छ । तब मात्र थारुहरुले अधिकार प्राप्त गर्ने छन । उनले यति मात्र भनेनन् बाहुन र क्षेत्री लाई खसबादीको संज्ञा दिए । सदियौं देखी मिलेर बसेको समुदायलाई पहाडिया बाहुन र पहाडिया क्षेत्री भएकाले उनीहरुलाई पहाडमै धपाउनु पर्छ भन्ने अभिव्यक्ति समेत दिन चुकेनन् । उक्त विरोध सभामा सम्बोधन गर्न आएका ति कांग्रेसका हस्ती ंिसहले साम्प्रदायिक द्धन्द्ध निम्त्याउने मात्रै अभिव्यक्ति दिएनन् सद्भावना पार्टिका केन्द्रीय अध्यक्ष समेत रहेका राजेन्द्र महत्तोले त झनै कडा अभिव्यक्ति दिए । उनले भने नेपालका बाहुन क्षेत्री लुटेरा हुन । यिनले सयौं वर्ष देखी नेपालीलाई लुटेर खादै आएका छन ।

नेपाल देश बाहुन र क्षेत्रीको ठेक्का भएको संज्ञा समेत दिन चुकाएन्न । यस्तै अर्का एक संघिय समाजबादी लोकतान्त्रीक फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले कञ्चपुर ,कैलाली देखी चितवन सम्म थरुहट र पर्सा देखी झापा सम्म मधेशीको बृत्ता भएकाले यहा पहाडिया बाहुन र क्षेत्रीलाई शासन सत्ता र्गन नपाउने अभिव्यक्ति दिए । उनले भने यदी तिमिहरु शसन सत्ता चलाउन चाहन्छौं भने पहाड तिर पस नत्र तिम्रो सखाप हुन्छ । यसरी खुलेर साम्प्रदायिक द्धन्द्ध तिर जान प्रेरीत गर्ने दलका प्रमुख नेताको हैसीयत के प्रश्न खडा भएको छ । यस्ता अभिव्यक्ति दिंदै हिडेका यि मधेशीमुलका नेताले देशमा ठुलो साम्प्रदायिक द्धन्द्ध पक्कै ल्याउन खोजेका हुन चासोको विषय बनको छ । उनीहरुले खुलेरै थारुहरुलाई भाला , खुकुरी र हतियार लिएर सडक आन्दोलनमा आउनु्स तपाई लाई हामि सहयोग गर्छौ , अहिले सम्म किन चुपलागेर बस्नु भएको छ भन्दै कडा निर्देशन समेत दिए । यसरी हिंसात्मक अभिव्यक्ति उच्च यहोदाका नेताले दिन मिल्छ यो बहसको विषय बनेको छ । यि कडा निर्देशन सहितका अभिव्यक्ति दिए पछि उता कैलालीका अन्य पार्टि र तिनका भातृ संगठनहरुले विप्ती मार्फत यि नेताको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

आज मात्रै टिकापुरमा क्षेत्र न १ तरुण दलका अध्यक्ष रामबहादुर भण्डारीको हस्ताक्षरित विज्ञप्ती सार्वजनीक भएको छ । विज्ञप्तीमा भनीएको छ सदियौं देखी मिलेर बसेका थारु समुदायालाई उक्साएर हिंसात्म आन्दोलन तिर जाम भन्ने मधेशीमुलका नेतालाई कार्बाही गरीयोस् । यदी त्यसो हुन सकेन भने हतियार सहित हामि पनी उठछैं । यस्तै लम्कीमा समेत यस्ता प्रमुख नेताका निर्र्देशन र अभिव्यक्तिको कडा प्रतीकार गर्ने क्रममा तिन दलका नेता उपेन्द्र यादब, राजेन्द्र महत्तो र अमरेश सिंह रातारात जंगलको फरक बाटो भएर भागेका छन ।