चीनको भएको विस्फोटनका विषयमा विशेष अध्ययन सुरु

साउन २९ , काठमाडौं – चीनमा हिजो भएको विस्फोटनका विषयमा आजबाट विशेष अध्ययन सुरु भएको छ । ५० जनाको मृत्य’ र ७ सय जना भन्दा बढी घाइते ह’ने गरी भएको उक्त विस्फोटको घटना अध्ययन गर्न दुई सय जना सैनिक विशेषज्ञ टोली पठाइएको छ ।

विष्फोटबाट ३ हजार पाँच सय मानिस घरबारविहिन भएका छन् । विष्फोटमा सात सयभन्दा बढी घाईते भएका छन् । खतरनाक तथा रासायनिक सामान भण्डारण गरिएको भवनमा भएको विष्फोटको कारण अझै पत्ता लाग्न सकेको छैन । घटनाको २४ घटनासम्म पनि उद्धार र आगो नियन्त्रण गर्न उद्धार टोलीलाई गाह्रो परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घटनाको निष्पक्ष जाँच गरिने चिनियाँ प्रधानमन्त्री ली खछियाङले विश्वास दिलाउनु भएको छ ।