नेपाली कांग्रेसका स्थानीय नेता रामजी बादलको हत्या

साउन २९ , कास्की – कास्कीको लेखनाथका नेपाली कांग्रेसका स्थानीय नेता रामजी बादलको हत्या भएको छ । लेखनाथ १ बरालथरका बादलको गए राति हत्या भएको हो । उनको घर भन्दा एक किलोमिटर टाढा पृथ्वीराजमार्गमा पर्ने गगनगौंडा नजिकै मारेर फालेको अवस्थामा शव भेटिएको थियो ।

उनको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ । प्रहरीले शवको मुचुल्का तयार गरिरहेको छ भने अनुसन्धान प्रक्रिया पनि अघि बढेको कास्की प्रहरीले बताएको छ ।
यसैबीच, स्थानीयले बादलको हत्या भएको विरोधमा पृथ्वी राजमार्ग अबरुद्ध गरेका छन् । बाटो अवरुद्ध हुँदा यात्रु बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।