गायिका सहिमा भन्छिन तीज राम्रो रमझमले ( भिडियो सहित )

कमल न्यौपाने

काठमाडौँ – यतिबेला तीज नजिकिदै छ र प्राय कलाकारहरु तीजका प्रस्तुतिबाटै रमाइलो गर्ने तयारीमा जुटीरहेकाछन । सोही अनुरुप गायिका सहिमा श्रेष्ठले तीजको रमाझम बोलको गीत बजारमा ल्याएकी हुन । शिव दर्शन डिजिटलको प्रस्तुती रहेको उक्त गीतको भिडियो समेत बजारमा आएकोछ ।

गायिका सहिमा श्रेष्ठलाई सो गीतमा गायक सन्दिप न्यौपानेले साथ दिएकाछन । मिनु सञ्जिवनीको शब्द रहेको उक्त गीतमा गायक र गायिकाले आफु राम्रो आफ्नै हजुरको प्यारले र तीज राम्रो रमाझमले भनेका छन ।

गीतको शब्दको केही अंश यस्तो रहेको छ ।

गायिका : मेरा पैताला राम्रा पाउजुको छमछमले हो मेरा पैताला राम्रा पाउजुको छमछमले मै राम्री मेरै हजुरको प्यारले, तीज राम्रो रमाझमले
गायक : राम्रो भदौरे झरी पानीको झमझमले हे राम्रो भदौरे झरी पानीको झमझमले मै राम्रो मेरी हजुरको प्यारले, तीज राम्रो रमाझमले

स्‍मृति तिमल्सिना गुरुआमाको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक र गायिका आँफैले अभिनय गरेकाछन । रमेशवर हुमागाइको छायांकन रहेको उक्त गीतको भिडियोको सम्पादन गरेकाछन जीवन सेन्चुरिले ।

भिडियो हेर्नुस