फुटबल च्याम्पियनसिपमा (आज)नेपालले माल्दिभ्सको सामना गर्दै

साउन २५, काठमाडौँ – साफ अण्डर सिक्सटिन फुटबल च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ । बंगलादेशको सिलेटमा हिजो सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता भारतले श्रीलंकालाई ५–० ले हराएको छ ।

दक्षिण एसियाका ६ राष्ट्र सहभागि प्रतियोगितामा नेपालको समुह बी मा माल्दिभ्स र अफ्गानिस्तान रहेका छन् । यो उमेर समुहमा नेपालले माल्दिभ्ससँग सोमबार पहिलो पटक खेल्न लागेको हो ।यसैगरी समुह ए मा आयोजक बंगलादेशसँगै भारत र श्रीलंका रहेका छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् ।