अधिकांश सुझाव समेटिए

साउन २५, काठमाडौँ – संविधासभाको संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका अधिकांश सुझाव ग्रहण गरेको छ ।संविधान विधेयक निर्माण, सैद्धान्तिक छलफल, संसोधन र पारित गर्ने प्रक्रिया सहजरुपमा अघि बढेमा देशले भदौको १० सम्ममा नयाँ संविधान पाउने सम्भावना छ । यसअघि प्रमुख दलका शीर्ष नेताहरुबीच साउन मसान्तमै संविधान जारी गर्ने सहमति भएको थियो ।

संवाद समितिको आइबारको बैठकले प्रमुख दलका शीर्ष नेताहरु सम्मिलित विशेष समितिले अघिल्लो मध्यराती सहमति गरेको ६ प्रदेशमा सीमाङकन सहितको प्रस्ताव छलफल पछि अनुमोदन गरेको छ । समितिले संविधानको मस्यौदा परिमार्जनका लागि तयार गरेको सहमतिको प्रतिवेदन आइतबारै संविधानसभामा प्रस्तुत भएको छ ।
संवाद समितिका सभापति बाबुराम भट्टराईले प्रस्तुत गरेको उक्त प्रतिवेदनमाथि सोमबारदेखि सैद्धान्तिक छलफल हुने छ । संविधानसभाले उक्त प्रतिवेदन सैद्धान्तिकरुपमा पारित गरेपछि दिने सुझाव र निर्देशनका आधारमा संविधान मस्यौदा समितिले संविधानका विधेयक तयार गर्नेछ । संविधान विधेयक तयारीका लागि मस्यौदा समतिले बढिमा चार दिनको समय पाउने संभावना छ ।
मस्यौदा समितिले संविधान विधेयक प्रस्तुत गरेपछि संविधानसभामा संक्षिप्त सैद्धान्तिक छलफल हुनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।