शिवको कमाई प्रियाको फेशनमै ठीक्क / हेरौ किन होला ….

कमल न्यौपाने

युएई – तीज नजिकिदै जादाँ हाम्रा कलाकारहरुको ब्यस्तता अझै बढ्ने गरेकोछ । पछील्लो समय तीजका थुप्रै गीत र तेस्का भिडियोहरु बजारमा आईरहेकाछन । बजारमा आएका गीतहरुमा सामाजिक ,पारिवारीक ,आर्थिक तथा राजनीतिक बिषयबस्तुलाई समेटेकाछन कलाकारहरुले । अहिलेको तीजमा केही गीतले भने घरमा श्रीमान र श्रीमती बिच हुने झगडालाई उतारेकाछन । अहिले तीजमा यस्तै घरमा श्रीमान र श्रीमतीबिच हुने बिभिन्न कुराकानीलाई आफ्नो गीतमा प्रस्तुत गरेकाछन शिव पौडेलले । मेरी बुढीको फेशन बोलको गीतमा शिवले उक्त प्रसँगलाई अहिलेको तीजमा बजारमा ल्याएकाछन ।

शिवले आफ्नो तलब थोरै भएकोले आफुले श्रीमतिको माग पुरा गर्न नसेकेका कुरालाई गीतमा सजाएकाछन । उनले श्रीमतिलाई गुन्यु चोली किन्दिएपनी पाइन्ट चाइएको प्रसँग र आफ्नो तलबले श्रीमतिको फेशनलाई मात्र ठीक्क भएको प्रसँगपनि गीतमा समाबेश गरेकाछन ।सो गीतमा पुरुषोत्तम पौडेल र प्रिया भण्डारीको स्वर रहेकोछ । २०७१ को तिजमा प्रचण्ड जिसिको साथमा अनलाइन बोलको गीत गाएर चर्चा कमाउन सफल गायिका तथा मोडल प्रियाको यो गीतनै यस्पालिको पहिलो गीत हो । यो सङ्सङै प्रियाको रातो साडिमा बोलको गीत पनि यो तीजमा बजार आउँदैछ ।

बुटवलबाट मोडलिङ र गायनमा प्रबेश गरेकी प्रियाले अहिलेको तीजमा थुप्रै गीतहरुमा अभिनय समेत गरेकिछिन । मेरो बुढीको फेशन बोलको गीतमा प्रिया आँफैले अभिनय गरेकिछिन । शब्द संकलक शिव र प्रिया गीतमा श्रीमान र श्रीमतिको रुपमा भिडियोमा देखिएकाछन । बब्बु थापाको निर्देशन रहेको सो भिडियोमा बब्बु थापा र पवित्राको नाच देख्न सकिन्छ । सो गीतलाई उमंग म्युजिक प्रा.लिले
बजारमा ल्याएको छ ।

 भिडियो हेर्नुस