राष्ट्रसंघको सभामा प्रधानमन्त्री जाने

साउन २५, काठमाडौँ – राष्ट्रसंघको ७० औं महासभामा प्रधानमन्त्रीले नै सहभागिता जनाउने भएका छन् । सत्ता परिवर्तन नभए प्रधानमन्त्री सुशील कोइराला नै आगामी असोज ५ मा न्युयोर्क जानेछन् । केही दिनपछि परराष्ट्र मन्त्रीको टोली त्यसतर्फ जाने छ ।

प्रधानमन्त्री पछि परराष्ट्रमन्त्री जाने वा कतिपय अवस्थामा परराष्ट्र मन्त्रीलाई जिम्मेवारी तोकेर पहिल्यै पठाउने गरिन्छ । तर अहिले तीन फरक महत्वपूर्ण कार्यक्रम रहेकोले प्रधानमन्त्रीले नै नेतृत्व गर्ने भनी गत साता पत्राचार गत साता कूटनीतिक स्रोतले बतायो ।