गोकर्णेश्वर—सुन्दरिजल सडक खण्ड स्यानीयबासी द्वारा अबरुद्ध

घनश्याम श्रेष्ठ
साउन २५, काठमाडौँ – मेलम्ची  खाने पानि आयोजनाका कारण कुरुप बनेको राजधानिको जोरपाटी—सुन्दरिजल सडक खण्ड पुन निमार्णमा बेवास्ता गरिएको भन्दै स्थानीयहरुले आज सडक अवरुद्ध पारेका छन् । खाने पानि परियोजनाका लागि गुड्ने मालबाहक ट्रक, क्रेन र डोजर आदिका कारण सडकमा ठुला ठुला खाल्टा खुल्टी बने पछि मर्मतका लागी बारम्बार ताकेता गर्दा पनि वेवास्ता गरिए पछि स्थानियहरु आन्दोलनमा उत्रिएका हुन ।

स्थानिय फाइभ स्ट्रार युथ क्लबको अगुवाइमा अहिले विहानबाट मध्यान १२ सम्म गोकर्णेश्वर देखि सुन्दरीजल सम्मको सडक खण्ड अवरुद्ध गरिएको क्लबका अध्यक्ष किरण केसि जानकारी दिनु भएको छ ।सडक बिभागमा पटक पटक डेलिकेसन जादा पनि बिभागले बाटोको जिम्मा मेलम्ची परियोजनालाई दिएको जानकारी दिदै आएपछि मेलम्ची परियोजनाले पनि बाटो सरकारी भएको कारण देखाइ जिम्मेवारीबाट पन्छिदै आयो ।

स्थानिय जनताले त्यस क्षेत्रका प्रत्यक्ष निबार्चित सभासद रामेश्वर फुयाल र समानुपातिक तर्फकी सभासद अम्बिका बस्नेतलाई जानकारी गराउदा पनि केही पहल नभएपछी स्थानियबासिहरुले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानिय बासी सरोज बस्नेतले जानकारी दिनु भएको छ । सम्बन्धीत निकायले सडक निमार्णको लिखित प्रतिवद्धता नजनाए सम्म आन्दोलनका कार्यक्रमलाई जारी राख्ने बस्नेतले जानकारी दिनु भएको हो ।