जोरपाटी – सुन्दरिजल सडक खण्ड स्यानीयबासी द्वारा अबरुद्ध

साउन २५ , काठमाडौँ –  राजधानिकै सबै भन्दा पुरानो सडक “जोरपाटी – सुन्दरिजल सडक खण्डको अबस्था अहिले दिन प्रती दिन नाजुक बन्दै गएको छ् । काठमाडौमा मेलम्चीबाट पानी ल्याउने मुख्य सुरुङ रहेको सुन्दरिजल सम्म पुग्ने यो सडक त्यही मेलम्ची परियोजनाको लागि गुड्ने ठुला ठुला मालबाहक ट्रक , क्रेन डोजर आदि बढी गुडेर सडक त्यो अबस्थामा पुगेको हो ।
सडक बिभागमा पटक पटक डेलिकेसन जादा पनि बिभागले बाटोको जिम्मा मेलम्ची परियोजनालाई दिएको जानकारी दिदै आएपछि मेलम्ची परियोजनाले पनि बाटो सरकारी भएको कारण देखाइ जिम्मेवारीबाट पन्छिदै आयो ।
स्थानिय जनताले त्यस क्षेत्रका प्रत्यक्ष निर्बाजित सभासद रामेश्वर फुयाल र समानुपातिक तर्फकी सभासद अम्बिका बस्नेतलाई जानकारी गराउदा पनि केही पहल नभएपछी स्थानियबासिहरुले बाध्य भएर आज बिहान ८ बजे देखि १२ बजे सम्म सडक बन्द गर्ने भएका छन ।

स्थानिय फाइभ स्ट्रार युथ क्लबको अगुवाइमा भएको यस बन्दको कार्यक्रम सम्बन्धित निकायबाट सडक मर्मत हुने लिखित प्रतिबद्वता नभए सम्म जारी रहनेछ । त्यहा का स्थानिय बासी सरोज बस्नेतले जानकारी दिनु भयो ।